एम्दवाद, वैशाख २० । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्समाथि सात विकेटको शानदर जित हात पारेको छ । यो जित पछि दिल्ली तालिकाको शीर्ष स्थानमा उक्ल्लेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । सुरुवात देखि नै कम्जोर ब्याटिङ गरेको पञ्जावका लागि मंयाक अग्रवालले ९९ रनको शानदार पारी खेलेर टिमको सम्मानजक स्कोर बनाउनुभएको हो। उहाँले ५८ बलमा ८ चौका र चार छक्का प्रहार गर्नुभयो । डाविड मलानले २६ रन बनाउनुभयो । कागिसो राबडाले तीन विकेट लिनुभयो । जवाफमा एक सय ६७ रनको लक्ष्य दिल्लीले मात्र तीन विकेट गुमाएर १७ दशमलब ४ ओभरमा पुरा गर्यो ।
पहिलो विकेटका लागि ओपनरद्धय पृथ्वी श र शिखर धवनले ६३ रनको पारी खेल्नु भयो । शिखर धवनले ६९ रनको अविजित अर्धशतकिय पारी खेल्नु भयो । उहाँले ४६ बलमा ६ चौका र २ छक्का प्रहार गर्नुभएको हो । शको ३९ रनको योगदान रहयो । यो जित पछि देल्ली शिर्ष स्थानमा उक्लेको छ । दिल्लीको ८ खेलबाट १२ अंक छ ।