ललितपुर, कात्तिक १८ l काठ मिडिया प्रालिले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सञ्चारकर्मीहरु समाचार संप्रेषणमा मात्र होईन आफ्नो क्षेत्रको सरसफाई र अन्य सामाजिक कार्यहरुमा पनि सञ्चार कर्ममा जत्तिकै सक्रिय हुन्छन भन्ने देखाउँदै टोलवासीलाई पनि सरसफाईमा जागरुक बनाउन सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त मिडियाले जानकारी दिएको छ ।
महालक्ष्मी नगरपालिका, सिर्जनशील सेवा प्रालि र काठ मिडिया समेतको सहकार्यमा लक्ष्मी पुजाको दिन सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । महालक्ष्मी नगरपालिका अन्र्तगत बिशेषगरी वडा नम्वर ४ को उक्त कार्यक्रममा बिशेष सहभागिता रहेको थियो । महालक्ष्मी नगरपालिकाको कृष्ण मन्दिरदेखि इमाडोलको कमलपोखरी क्षेत्रसम्मको सरसफाई गरिएको काठ मिडिया प्रालिका अध्यक्ष शशिकुमार खड्काले जानकारी दिनुुभयो । कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष लक्ष्मण रोक्का, स्थानीय प्रहरी, नगरी प्रहरी, महानगरीय ट्राफिक प्रहरी, समाजसेवी, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु एवं सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
कोभिड १९ को महामारी अन्त भईनसकेको र यो अवस्थामा सरसफाईको अझै धेरै महत्व रहेको भन्दै सर्वसाधारण आफ्नो टोल, सडकको सरसफाई गर्न हौसिएका थिए ।