Kath khabar
ललितपुरको ईमाडोलमा बृहत टर्की टेस्ट मेला सम्पन्न 

ललितपुर, कात्तिक १८ l ललितपुरमा बृहत टर्की टेस्ट मेला सम्पन्न भएको छ । काठ मिडिया प्रालिले संगीत संगै सरसफाई भन्ने मुल नाराका साथ आयोजना गरेको झिलिमिली तिहार कार्यक्रम मार्फत टर्की टेस्ट मेला सम्पन्न गरिएको हो । 

कार्यक्रमको मुख्य आर्कषणकोरुपमा पाँच तारे होटलको स्वादमा टर्कीको फुुड स्टल समेत रहेको थियो । सडकमा नै पाँचतारे होटलको स्वादमा टर्कीको परिकार खान पाउँदा मासु पारखीहरु मख्ख रहनुभएको देखिन्थ्यो । किसान र किसानहरुले गरेको उत्पादनलाई सम्मान गर्नुपर्छ, किसानहरुको कृषिको लागि प्रोत्साहन गर्नुपर्छ, आफ्नै खेतबारी, पाखाहरुमा उत्पादन भएका सागसब्जी, खाद्यान्न र पशुजन्य बस्तुहरुको उपभोपग गर्नुपर्छ भन्ने सन्देश सहित उक्त कार्यक्रममा टर्की टेस्ट मेला पनि आयोजना गरिएको काठ मिडिया प्रालिका प्रर्वन्ध निर्देशक बिमलकुमार के.सी.ले जानकारी दिनुुभयो । कार्यक्रममा सहभागीहरु निकै नै चासो लिएर टर्की टेस्ट मेलामा सहभागी भएको जानकारी समेत उहाँले दिनुुभयो । 

कार्यक्रममा टर्कीको उत्पादन, बजारीकरण र टर्कीको सेवनमा मानव स्वास्थमा हुने फाईदाहरुका बारेमा पनि जानकारी दिईएको थियो । पाँच तारे होटलको स्वाद सडकमा भन्ने मुल नाराका साथ उक्त कार्यक्रममा टर्की टेस्ट मेलाको लागि छुट्टै स्टल राखिएको प्रर्वन्ध निर्देशक के.सी.ले जानकारी दिनुभयो । यसरी कार्यक्रम गर्नुको प्रमुख उद्ेश्य आम नागरिकमा सरफाई सम्वन्धी जनचेतना बिस्तार गर्नु, कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनु एवं आफ्नै क्षेत्रमा उत्पादन भएको मानव स्वास्थको लागि निकै नै स्वस्थकर मानिएको कृषि उत्पादन संगै टर्कीको परिकारहरुलाई आम नागरिकको जनजिब्रोसम्म पुर्याउनु रहेको पनि उहाँले बताउनुभयो । 

कार्यक्रम बिहान ७ बजे देखि साँझ ५ः३० बजेसम्म भएको कार्यक्रम ललितपुर जिल्लाको ईमाडोल, राजकुलो चोकको मुख्य सडकस्थित गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update