Kath Khabar
झिलिमिली तिहार कार्यक्रममा संगीतसंगै झुमे दर्शकहरु

ललितपुर, कार्तिक १८ । काठ मिडिया प्रालिले 'संगीत र सरसफाई संगसंगै' भन्ने मुल नारासहित झिलिमिलि तिहार कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको काठ मिडियाका अध्यक्ष शशिकुमार खड्काले जानकारी दिनुुभयो ।

बृहत सरसफाई, सांगीतिक कार्यक्रम र टर्की टेस्ट मेला सहित भएको उक्त कार्यक्रम बिहान ७ बजे देखि साँझ ५ः३० बजेसम्म ललितपुर जिल्लाको ईमाडोल, राजकुलो चोकको मुख्य सडकमा थियो । कार्यक्रममा बरिष्ठ हास्य कलाकार तथा समाजसेवी किरण के.सी (ए राता मकै), सुरेन्द्र के.सी (मुला साग), ‘पञ्चामृत ब्याण्ड’, ‘द जेन्टलम्यान व्याण्ड, ‘टु गनस्लिंगर्स ब्याण्ड’, ‘द ब्ल्याक हक’, सहितका कलाकारहरुले आफ्नो जोडदार प्रस्तुती दिनुभएको थियो । यस्तै देवेन्द्रमान सिंह, टिका प्रसाई, नरेश बुढाथोकी, सप्तक दुतराज, लक्ष्मण निरौला र म्युजिकस्लेभ सहित चर्चित कलाकारहरुले समेत उक्त कार्यक्रममा प्रस्तुती दिनुभएको थियो । 

झिलिमिली तिहार, संगीत र सरफाई संगसगै भन्ने मुुल नाराकासाथ सांगीतिक कार्यक्रम आयोजना गरिएको उक्त मिडियाले जानकारी दिएको छ । कार्यक्रममा बरिष्ठ हास्य कलाकार किरण के.सी (ए राता मकै), सुरेन्द्र के.सी (मुला साग) सहित द जेन्टलम्यान व्याण्ड, टिका प्रसाई, नरेश बुढाथोकी सहितका गायक, कलाकारहरुले आफ्नो जोडदार प्रस्तुती दिंदा आम दर्शकहरुले केही क्षणको लागि भए पनि लामो समय देखि ह्याङ ओभर भएको कोभिड १९ को थकानबाट मुक्त भएको महसुस गरेका थिए । के, बुढाबुढी, के युवा युवती, क बालबालिका सबैले कलाकाहरुको साथमा खुुलेर मनोरञ्जन लिनुभएको थियो । 

कार्यक्रममा दर्शक, श्रोताहरुको ताली, वान्स मोर र उक्साहटले कलाकारहरु निकै नै हौसिनुभएको थियो । कलाकारहरुले मञ्चबाट आफ्नो प्रस्तुती दिनुुको अतिरिक्त कोभिड १९ बाट बच्न र बचाउन आवस्यक सबै किसिमका स्वास्थ मापदण्डहरु अपनाउन आग्रह गर्दे सामाजिक सन्देश दिनुभएको थियो । गायक, ब्याण्ड तथा हास्य कलाकारको प्रस्तुतिमा हजारौंले मनोरञ्जन लिनुभएको थियो । 
 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update