काठमाडौं, कात्तिक २१ । प्रहरीले मध्यरातमा जुवातास खेलिरहेको अवस्थामा चार लाख ४३ हजार तीन सय पाँच रुपैयाँ सहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यही कात्तिक २० गते अन्दाजी २१ बजेको समयमा काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा पैसाको हार जित हुने गरी जुवा तास खेली रहेको भन्ने विशेष सूचना प्राप्त भए पश्चात महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा टोली खटिई गई चेकजाँच गर्दा १६ जना भेला भई हार जित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उक्त जुवा खेल्ने १६ जनालाई नियन्त्रणमा लिई शरीर तथा घरकोठा खानतलासी गर्दा जुवाको खालबाट दुई लाख ६९ हजार नौ सय ६५ रुपैयाँ नगद रकम र पक्राउ परेका १६ जना व्यक्तिहरु साथबाट एक लाख ८३ हजार तीन सय ४० रुपैयाँ गरी जम्मा नगद रकम चार लाख ४३ हजार तीन सय पाँच रुपैयाँ तथा जुवा खेल्न प्रयोग भएको गलैँचा थान १, तास ६३४ पत्ती समेत बरामद भएको छ । उहाँहरु उपर महानगरीय प्रहरी बृत्त थानकोटले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यि हुुन पक्राउ पर्ने व्यक्तिहरू
१. जि. काठमाण्डौ चन्द्रागिरी न.पा. १३ पुरानो नैकाप घर भई बस्ने बर्ष५२ को पुष्कर थापा
२. ऐ.ऐ. स्थान घर भई बस्ने बर्ष ४६ को पूर्ण बहादुर बस्नेत
३. ऐ.ऐ. स्थान घर भई बस्ने बर्ष ४१ को सुदर्शन बिडारी
४. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४६ को लव कार्की
५. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४४ को सुदामा के.सी.
६. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३१ को बिजय बुढाथोकी
७. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ५० को रबिन्द्र थापा
८. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४३ को राजन खत्री
९. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३६ को विश्वास जंग कार्की
१०. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४० को सन्जु थापा
११. ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३८ को निरन्जन शाह ठकुरी
१२. काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १४ घर हुने बर्ष ४१ को शंकर थापा
१३. ऐ.ऐ. स्थान घर भई बस्ने बर्ष ४४ को अष्टमान महर्जन
१४. काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १२ घर हुने बर्ष ३७ को निरञ्जन के.सी.
१५. जिल्ला दैलेख दन्नु न.पा. वडा नं. ११ घर भई हाल काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १३ बस्ने बर्ष ४७ को गणेश रसाईली
१६. जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं. ११ घर भई हाल काठमाण्डौ जिल्ला दक्षिणकाली न.पा. वडा नं. १ बस्ने वर्ष ३६ को कुमार बहादुर मगर