Kath khabar
वेस्ट ह्यामद्धारा लिभरपुल पराजित

लन्डन, कार्तिक २२ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उपाधि दाबेदार लिभरपुललाई पराजित गरेको छ । सन् १९८२ यता क्लबको अपराजित यात्राको कीर्तिमान तोड्ने लक्ष्य सहति मैदानमा उत्रिएको लिभरपुललाई वेस्ट ह्याले ३–२ गोलले हराएको हो ।   २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रेको लिभरपुलका लागि गोलरक्षक एलिसन बेकरको तीन महँगो गल्तीले हार व्यहोर्नु प¥यो ।

लन्डन स्टेडियममा भएको खेलको ४ औं मिनेटमा गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल  खेलको सुरुवातमा नै पछि परेको थियो । तर  ४१ औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर अर्नोल्ड र ८३ औं मिनेटमा  डिभोक ओरिगीले लिभरपुलको लागि गोल गर्नुभयो ।

यता ६७ औं मिनेटमा पाब्लो र्फन्याल्स र ७४ औं मिनेटमा कर्ट जुमाले वेस्ट ह्यामका लागि गोल गर्नु भयो ।

हार पछि लिभरपुल लिगको चौथो स्थानमा खस्किएको छ भने वेस्ट ह्याम लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा रहेको छ । ११ खेलपछि लिभरपुलको २२ अङ्क छ भने वेस्ट ह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै २३ अङ्क रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डमाथि संघर्षपूर्ण जीत निकालेको छ । आर्सनलको जीतमा एमिल स्मिथ रोवीको एक मात्र गोल निर्णायक बनेको थियो । जीतसँगै आर्सनल २० अङ्क बटुल्दै लिगको पाचौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्यामले एभर्टनसँग गोलरहित बराबरी खेल्यो भने लिड्स र लेस्टर सिटीले पनि बराबरी खेल्न बाध्य बने ।एजेन्सी

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update