काठमाडौं, कार्तिक २२ । गत वर्षको असोज मसान्तसम्म ३ अर्ब ८४ करोड लगानीमा रहेको थियो । तर, यो वर्षको असोज मसान्तसम्म ६ अर्ब ८० करोड रुपैयाँ प्रवाह भएको छ ।
पुनरकर्जा आकडामा हेर्दा बृद्धि भएको देखिएको छ । तर, यस्तो कर्जामा भने पहुँचवाला व्यवसायीको कब्जा देखिन्छ ।
गत असार मसान्तसम्म ४६ अर्ब १३ करोड ३ सय ४० जनाले पुनरकर्जा लगेको राष्ट्र बैंकको आंकडा छ । जसमा देशमा नाम चलेका ठूला घराना तथा व्यवसायीहरु मात्रै देखिन्छ ।
नेपाल राष्ट्र बैंककाअनुसार असोज मसान्तसम्म बिशेष पुनरकर्जा १ अर्ब ८० करोड र साधारण पुनरकर्जा ४ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तो पुनरकर्जा ५५ जना ऋणीले पाउनु भएको छ ।
विशेष पुनरकर्जा राष्ट्र बैकले बैंकहरुलाई १ प्रतिशतमा बैंकलाई उपलब्ध गराउँछ भने बैंकले तीन प्रतिशतमा ग्राहलाई ऋण उपलब्ध गराउँछन् । साधारण पुनरकर्जा भने राष्ट्र बैकले ३ प्रतिशतमा बैंकलाई रकम उपलब्ध गराउँछ भने बैकले व्यवसायीलाई ५ प्रतिशतमा यस्तो ऋण उपलब्ध गराउँछन् । यस्तो कर्जा भने पहुँचवालाले पाएको तर साना तथा मझौला उद्योगीहरुले पाउन नसकेको व्यवसायीहरु बताउनु हुन्छ ।
यसरी बढेको कर्जा महामारीबाट सबैभन्दा बढि प्रभावित भएकाले पाए कि पाएनन् यसको बारेमा राष्ट्र बैंकले अध्ययन गर्न जरुरी छ ।