भारतीय प्रहरीले आफनै प्रहरी साथीलाई हाने गोली, ४ जनाको मृत्यु
रायपुर, कार्तिक २२ । भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्।
सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।
गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।घाईतेहरुलाई उपचारको लागि अस्पताल पु¥याएको प्रहरी अधिकारीहरुले बताउनु भएको छ ।
घटनालगत्तै आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ।
यसअघि पनि भारतीय प्रहरी संगठन भित्र यस्ता घटना भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।एजेन्सी
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय