Kath khabar
सीमा खुला गर्दै अमेरिका,  चिनियाँ, ब्राजिलियन लगायतका नागरिकहरुको पारिवारिक पुर्नमिलन हुने
अमेरिकाको सीमामा रहेको भन्सार कार्यालयमा चेकजाँच गर्दै सवारी साधन ।

वासिङटन, कार्तिक २२ । अमेरिकाले आफनो दक्षिणी सीमा क्षेत्र खुला गरेको छ । कोभिड–१९ महामारीको कारण सीमा बन्द गरेको अमेरिकाले आज सोमबार देखि विदेशी नागरिक तथा यात्रुहरुलाई सीमा खुला गर्दै छ । उसले कोभिड विरुद्धको पूर्ण खोप लगाएको व्यक्तिहरुको लागि सीमा खुला गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले सीमा खुला गरे सँगै चिनियाँ, भारतीय , ब्राजिल लगायतका मुलुकका नागरिकहरुको पारिवारिक पुर्नमिलन हुने बताइएको छ । पुर्नमिलन भएका परिवारका सदस्यहरु बजारमा किनमेल गर्ने, खेलबाट मनोरञ्जन गर्नका लागि निस्कने समेत बताइएको छ ।  यो सँगै सोमबारबाट अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गरेको छ ।

यस्तै अमेरिकाले अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गर्न भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाउनु भएको थियो । बेलायत र युरोपेली सङ्घका देशसहित ३० वटाभन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

नयाँ नियमसँगै विमानसेवाले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन् । अब यात्रुहरूले उड्नु अगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड निगेटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वरेण्टीन बस्नुपर्ने छैन ।

कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो । एजेन्सी

 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update