नयाँ दिल्ली, कार्तिक २२ । भारतमा ३३ लाखभन्दा बढी बालबालिका कुपोषित रहेका छन् । ती मध्ये आधाभन्दा बढी गम्भीर कुपोषणको सिकार भएका बालबालिका पर्दछन् । भारतीय महिला एवम बाल विकास मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, बिहार र गुजरातमा सबैभन्दा बढी कुपोषित रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कोभिड १९ महामारीको कारण भारतको गरिब नागरिकहरुमा स्वास्थ्य र पोषणको समस्या झन बढ्ने अनुमान गरिएको छ ।१४ अक्टोबर २०२१ सम्म १७.७६ लाख गम्भीर र १५.४६ लाख बालबालिका मध्यम कुपोषित रहेका थिए ।
३३.२३ लाख कुपोषित बालबालिकाहरु ३४ वटा राज्यका हुन् । सन् २०२० को तुलनामा सन् २०२१ म कुपोषित बालबालिकाको संख्या ९१ प्रतिशतले बढी अर्थात् ९.२७ लाखमा वृद्धि भई १७.७६ लाख पुगेको छ । यस्तै कुपोषणको पहिचान गरी समस्या छिटो समाधान गर्नु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । एजेन्सी