Kath khabar
मध्य प्रदेशस्थित कमला नेहरु अस्पतालमा आगलागी, ४ जना बच्चाको मृत्यु

हमीदिया, कार्तिक २३ । मध्य प्रदेशको राजधानी भोपालस्थित कमला नेहरु अस्पतालको शिशु वार्डमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परि चार जना बच्चाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागी भएको वार्डमा करिब ५० जना शिशुलाई राखिएको थियो । बाँकी शिशुहरुलाई भने सुरक्षित स्थानमा राखिएको छ । आगलागीका कारण अस्पताल परिसरमा फसेका बच्चा, चिकित्सक लगायतका नागरिकहरुलाई भने सकुशल उद्धार गरिएको छ ।

एक अधिकारीका अनुसार आगलागी भनको तेस्रो तल्लामा लागेको थियो । तेस्रो तल्लामा आईसियू रहेको थियो । करिब बेलुका ९ बजेतिर लागेको आगलागी भएको थियो । १० वटा दमकलले सो आगलागी नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहान आगलागी जाँचको लागि उच्च तहमा अनुसन्धान गर्नको लागि निर्देशन दिएका छन् । आगलागी भए पछि चिकित्सा स्वास्थ्य मन्त्री विश्वास सारंग पनि पुग्नु भएको थियो ।

यस्तै भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार पनि महाराष्ट्र, अहमदनगर जिल्ला अस्पतालकाको कोभिड आकस्मिक कक्ष (आईसियू) वार्डमा पनि आगलागीको भएको थियो । उक्त आगलागीमा परि ११ जना बिरामीको मृत्यु भएको थियो । घटना हुँदा सो वार्डमा १७ जना बिरामी रहेका थिए । विद्युत सर्ट हुदाँ कोभिड वार्डमा आगलगाी भएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update