‘द भ्वाइस किड्स’ प्रसारण हुँदै

काठमाडौं, कात्तिक २३। नेपाली सांगीतिक जगतमा नयाँ आयाम थप्दै, नेपाली बालबालिकाहरुको प्रतिभा विश्व सामु चिनाउने उद्देश्य सहित यहि २६ गते शुक्रबारदेखि हिमालय टीभी एचडीबाट रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रसारण हुँदैछ। उक्त शोमा ६ देखि १४ वर्षका बालबालिकाहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि शो प्रसारण हुनेछ । शोको ‘ब्लाइन्ड राउण्ड’को छायाँकन सकिएको छ । यस शोको कोचको रुपमा गायकहरु प्रमोद खरेल र राजु लामा, गायिकाहरु मिलन नेवार र प्रविशा अधिकारी हुनुहुन्छ । अरु गायन रियालिटी शोभन्दा ‘द भ्वाइस किड्स’ को शैली फरक रहनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८ १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय