प्राविधिक र स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन
काठमाडौं, कार्तिक २४ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ। तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले बुधबार गोरखापत्रमा सूचना निकालेको छ।
यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ। राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ।
आवेदन http://psconline.psc.gov.np/ मार्फत् दिन सकिनेछ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८ ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय