Kath khabar
नोबल पुरस्कार बिजेता मलाला यूसुफजईले गरिन् विवाह
नोबल पुरस्कार बिजेता मलाला यूसुफजई र आसिर । तस्बिर : मलाला यूसुफजईको ट्वीटर पेजबाट ।

काठमाडौं, कार्तिक २४ । नोबल पुरस्कार बिजेता मलाला यूसुफजईले विवाह गर्नुभएको छ । २४ वर्षीय मलाला यूसुफजई छात्राहरुको शिक्षालाई लिएर वकालत गर्दै अघि बढेकी हुन् । सबैभन्दा कम उमेरमा मलला नोबेल शान्ति पुरस्कार जितेकी थिइन् ।   उहाँले बेलायको बर्मिङ्घमस्थित घरमा मुस्लिम परम्पराअनुसार आसिरसँग ‘निकाह’ गर्नु भएको हो ।

उहाँले आफनो विवाहको जानकारी ट्वीटर मार्फत् तस्बिर सहित सार्वजनिक गर्नु भएको छ । ‘आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो। आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं’, उहाँले ट्वीटमा भन्नु भएको छ ।

उहाँले पाकिस्तानमा छात्रा शिक्षा दिनको लागि धेरै प्रयासहरु गर्नु भएको छ । छात्राहरुको शिक्षाको लागि भन्दै मलालाले आफ्नो बुवाको सहयोगमा  मलाला कोष स्थापना गर्नु भएको छ । छात्रालाई शिक्षा दिनुपर्ने मुद्धा उठाएको कारण, सन् २०१२ मा उत्तर–पश्चिमा पाकिस्तान क्षेत्रमा तालिबानले मलाला यूसुफजईलाई गोली हानेको थियो ।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update