प्रभु बैंकले २ प्रतिशत बोनस बढाएर घोषणा गर्यो लाभांश
काठमाडौं, कार्तिक २४ । प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट अघिल्लो वर्षको भन्दा २ प्रतिशत बढी बोनस लाभांश प्रस्ताव गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनु हुनेछ ।
बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८ १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय