Kath khabar
नेपाली बजारमा  सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ, कार्तिक २४ ।  बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ९२ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन आज ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदी भने स्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १ हजार २५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य महँगिएसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update