कार्तिक २८ देखि बालबालिकालाई फाइजरको खोप लगाइने
काठमाडौं, कार्तिक २४ । कार्तिक २८ गते आइतबारदेखि सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई लगाइने भएको छ । अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय