Kath khabar
कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

काठमाडौं, कार्तिक २५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर  ३ रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो ।  यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । बढेको मूल्य बुधबार मध्यरातिदेखि लागू भएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update