Kath khabar
पेरुमा किनेर ल्याएको कुकुर फ्याउरोमा परिणत !

लिमा, कार्तिक २५ । पेरुमा एउटा घरपालुवा कुकुर फ्याउरोमा परिणत भएको छ । किनेको केहि महिनाको अन्तरालमै सो कुकुर फ्याउरोमा परिणत भएको हो । राजधानी लिमास्थित सानो पसलबाट एक व्यक्तिले १३ अमेरिकी डलरमा कुकुरको छाउरो किन्नु भएको थियो । हस्की जातको कुकुर भनेर किनेका उहाँले कुकुरको नाम ‘रन रन’ राख्नु भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रन रन नामक कुकुरले जंगली जनावरको सिकार गरे पछि स्थानियहरु अचम्म परेका थिए । स्थानीयहरुले कुकुरले जंगली जनावरको सिकार गरे सँगै उजुरी गर्नु भएको थियो त्यसपछि चेकजाँच गरिएको सो कुकुर फ्याउरो भएको पुष्टि भएको हो ।  फ्याउरोमा परिणत भएको सो कुकुर जंगली जनावर भएको पेरुको राष्ट्रिय वन तथा वन्यजन्तु विभागले बताएको छ। सो कुकुर किनेको करिब चार/पाँच महिनामै फ्याउँरोमा परिणत भएको हो ।

विभागका अनुसार तस्करहरुले अमेजोनियन क्षेत्रबाट अवैध रुपमा जंगली जनावर ल्याउने गरेको र राजधानी लिमालगायत शहरी क्षेत्रमा बेचविखन गर्ने गरेको पाइन्छ । तस्करहरुका कारणले गर्दा  फ्याउरो पसलसम्म आइपुग्न सफल भएको समेत बताइएको छ ।

रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update