प्रधानमन्त्री ओलीको नेपाल बैंकमा खाता
काठमाडौं, वैशाख २० ।
चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलिद्वारा नागरिक एपको शुभारम्भ गर्नुहुँदै उक्त एपमार्फत नेपाल बैंक लिमिटेडमा अनलाईन खाता खोल्नुुभएको छ । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ ।
नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ । नेपाल बैंक लिमिटेडले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय