ग्लास्गो, कार्तिक २५ । विश्वका सबैभन्दा ठूला हरितगृह ग्यास उत्सर्जक चीन र अमेरिका जलवायु सहकार्य बढाउन सहमत भएका छन् । दुई देश जलवायु परिवर्तनसँग जुध्न मिथेन उत्सर्जन कटौती, वनजंगल संरक्षण र कोइलाको प्रयोग अन्त्य गर्नेसहितका विषयमा यो दशकभर सहकार्य वृद्धि गर्न सहमत भएका हुन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२६ मा गरिएको संयुक्त घोषणामा चीन र अमेरिकाले ‘ठोस कार्यहरू’सहित जलवायु परिवर्तनसँग लड्ने प्रयासहरू दोब्बर बनाउने सहमतिमा पुगको बताएका छन् ।
उनीहरुले संयक्त वक्तव्य जारी गर्दै, दुई देशले सन् २०१५ को पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियसको लक्ष्य प्राप्त गर्न एक साथ काम गर्न आफ्नो दृढ प्रतिबद्धता जनाएका छन् । यस लक्ष्य पूरा गर्न रहेको ठूलो खाडल कम गर्ने प्रयासहरू बढाउन पनि उनीहरूले आह्वान गरेका छन् ।
चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ुचीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताउनु भएको थियो ।
दुई देशबीच अरु थुप्रै विषयमा विमति भए पनि जलवायु सम्बन्धी विषयमा सहमत भएका हुन् ।एजेन्सी