Kath khabar
अतिविपन्न ५ लाख परिवारलाई ५ अर्ब नगद अनुदान वितरण गर्दै सरकार, ‘वर्तमान सरकारको चुनावी रणनीति कि नागरिकलाई राहत ’

काठमाडौं, कार्तिक २५ । सरकारले कोरोना महामारीका कारण जनजीविकोपार्जनका उपाय गुमाएका अति विपन्न वर्गमा पर्ने पाँच लाख परिवारलाई नगद अनुदान वितरण  गर्ने भएको छ । कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो।

यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको हो। कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब पाँच लाख परिवारलाई चालु आर्थिक वर्ष ०७८÷७९ मा राहत स्वरुप एक पटकका लागि प्रति परिवार १० हजारका दरले नगद अनुदान प्रदान गर्ने नेपाल सरकार कार्यक्रम रहेको छ । सो अनुरुप नगद वितरण गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नगद अनुदान लिनको लागि १५ दिन भित्र आफू स्थाइ वा अस्थायी (न्यूनतम वितग ६ महिनादेखि) बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कोभिड ‘१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८’ को अनुसुची २ बमोजिकमो ढाँचामा निवदेन पेश गर्नुपर्ने हुन्छ ।

राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोबासरत व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ ।

सरकारले पछिल्लो समय नागरिकलाई राहत हुने खालका विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ । निर्वाचन आउनु अगावै सरकारले यस्ता राहत प्रदान गरेर निर्वाचन आफनो पक्षमा बनाउन लागि परेको हो भन्ने तर्फ समेत चासो बढेको छ । पछिल्लो समय सरकारका विभिन्न मन्त्रीहरुले राहतका कार्यक्रमलाई तीव्रता दिएका छन् । नगद, क्षतिपूर्ति दिएर राहत कार्यक्रमलाई सरकारका नेतृत्वकर्ताहरुले अघि बढाउनु भएको पाईन्छ । कतै अर्थको नगद अनुदान पनि सोहि परिणामा त होइन ।

https://www.mof.gov.np/uploads/news/file/1636607824_%E0%A4%95%E0%A5%8B%E0%A4%AD%E0%A4%BF%E0%A4%A1%20%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%A8.jpg

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update