Kath Khabar
“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” शुभारम्भ



काठमाडौ, कार्तिक २५ । लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिभन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहनुभएको छ । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफुहरु तयार भएको छ । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहारसँग टप १० भित्र पर्ने प्रतिस्पर्धीहरूलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोबाइल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनका माझ बताउनुभएको छ ।

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ “किसान” को प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा कलाकारहरूलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्य “शिखर सम्मान २०७८” द्धारा सम्मानित हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद रहनुभएका श्रेष्ठलाई समेत शिखर नेपाल प्रा.लि.ले बधाई तथा सम्मान प्रदान गरेको छ । उक्त समारोहका मन्त्री श्रेष्ठले डिजिटल माध्यमलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” टेलिभिजन शो निक्कै अर्थपूर्ण रहेको बताउनुभयो। टिकटकका माध्यमबाट समाजमा नकरात्मकता कुराहरु मात्रै बढी प्रवाह भईरहेका भन्ने खाल्का तिता टिप्पणीलाई “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” तोड्ने विश्वास रहेको बताउनुभयो ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउँन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाउनुभयो । नाईस टेलिभिजन एचडीबाट प्रसारणमा आउँने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहनुभएको छ । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्त सम्म आव्हान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update