Kath khabar
नेप्सेले सोध्यो प्रभु बैंकलाई स्पष्टीकरण, कात्तिक २५ गतेको मितिले सात दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन


काठमाडौं, कात्तिक २४ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रभु बैंकलाई स्पष्टीकरण सोधेको छ । प्रभु बैंकले धितोपत्र नियमावली २०७५ को धितोपत्र सूचीकृत सम्बन्धी सम्झौता बुंदा नम्बर ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार सुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रभुले भने सोही दिन अर्थात यही कात्तिक २३ गते नै कारोबार खुलेको समयमा नै सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको थियो ।

सोही आधारमा के कति कारणले कारोबार समयमा नै सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको हो, सो को जानकारी सात दिन भित्र नेप्सेलाई दिनुपर्ने छ, नेप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update