Kath Khabar
गायिका अन्जु पन्तको स्वर र पुष्प खड्काको अभिनयमा ‘जितेर पनि हारमा छु’ सार्वजनिक


काठमाडौं, कात्तिक २६। गायिका अन्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ । सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको एरेन्जर रिकेस गुरुङले गर्नुभएको हो ।

हाल अमेरिका भ्रमणमा रहनुभएकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस’ मा भोकल रेकर्ड गर्नुभएको हो । यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ । यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो ।

यसपटक पुष्प खड्कासँग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क रहनुभएको छ । नेपाली वेबसाइटको अफिसियल युट्युबमा सार्वजनिक उक्त गीत दर्शक श्रोतामाझ निकै रुचाइएको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनु हुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउनुहुन्छ ।

यस गीतको भिडियोमा अन्य कलाकारहरू सोनी ल्वागुन, विवेक दत्त मंगेस र सुरेश वाग्लेको समेत अभिनय देख्न सकिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update