काठमाडौं, वैशाख २० । नेपाली युवा उद्यमी मञ्चले क्यानाडा स्थित वेस्र्टन विश्वविद्यालयको आईभि बिजनेश स्कुलका विद्यार्थीद्धारा संचालित ‘लिडर प्रोजेक्ट’ को सातौ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३०, २०२१ सम्म भएको थियो ।
कार्यक्रममा ३१ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्धेश्य अनुरुप बिजनेश ट्रेनिङ्ग मार्फत आर्थिक बिकासमा सघाउनु हो । ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै निर्देशकहरु, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु र्वल्ड क्लास रहेको जनाइएको छ । आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रियस्तरमा नेपाल लगायत अन्य सात वटा ठाँउहरुमा आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत निर्देशककारुपमा पठाउने गरेको कुरा कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताउनु भयो ।
दुई हप्ताको ‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो बिजनेश योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गर्नु भयो । सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभि बिशिष्ट स्कट मीखा लास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।
आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरु संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उद्धेश्य सहित सदस्यतामा आधारित रहेको यो एउटा गैर नाफा अन्र्तगत पर्ने संस्था हो । नेपाली युवामाँझ विभिन्न कार्यक्रमहरु जस्तै आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसि, आदिद्वारा उद्यमी र उद्यमशिलताको रचना गर्ने उद्धेश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग बाणिज्य संघबाट २६ सेप्टेम्बर, २००३ मा भएको हो । नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्षसँग मेल खाँदै, यो बर्षको ‘लिडर प्रोजेक्ट’ का प्रायोजक एन.आइ.शिएशिया बैकं रहेको छ । नेपालको अर्थतन्त्रमा बिगत दुई दशकभन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ बर्गको एन.आइ.शि एशिया बैकं, नेपालको अग्रज तथा प्रगतिशिल बैंकहरु मध्ये एक हो ।