काठमाडौं, कात्तिक २६। जब हामी नयाँ स्मार्टफोन किन्छौं, पसलेलाई सोध्ने हाम्रा केही प्रश्नहरू फोनको ब्याट्रीसँग सम्बन्धित प्रश्न नै हो। शुरुमा किन्दा हाम्रो फोनको ब्याट्री एकदम राम्रो हुन्छ, तर पछि पछि ब्याट्री ढिलो हुन्छ। यो हामीले हाम्रो फोन चार्ज गर्ने तरिकासँग पनि सम्बन्धित छ। यदि हामीले यि कुराहरुलाई ख्याल गर्यौं भने हाम्रो फोनको ब्याट्री लामो समयसम्म टिक्नेछ :-
ल्यापटपबाट फोन चार्ज गर्दा के हुन्छ
हामी मध्ये धेरैले ल्यापटपमा काम गर्दा आफ्नो स्मार्टफोनको चार्जिङ केबललाई ल्यापटपमा जोडेर फोन चार्ज गर्छौं। धेरै पटक हामीले सुनेका छौं कि यसरी फोन चार्ज गर्नाले स्मार्टफोनलाई हानि पुर्याउँछ, तर यस्तो होइन । यसरी ल्यापटपबाट फोन चार्ज गर्दा हाम्रो फोनमा कुनै असर पर्दैन तर फोन एकदमै बिस्तारै चार्ज हुन्छ । किनभने चार्जिङका लागि ल्यापटपबाट निस्कने पावर निकै कम हुन्छ ।
चार्ज गर्दा आफ्नो फोन फ्रिजमा नराख्नुहोस्
धेरै पटक यस्तो हुन्छ कि यदि हामीले हाम्रो स्मार्टफोन चार्ज गर्ने ठाउँमा कुनै टेबल छैन भने, हामी फोनलाई नजिकै राखिएको कुनै पनि प्याचमा राख्छौं, जसमा टिभी, फ्रिज, स्पिकर, रेडियो र माइक्रोवेभ जस्ता उपकरणहरू समावेश हुन्छन्। तर हामीले यसो गर्नबाट जोगिनु पर्छ। जब स्मार्टफोन चार्ज भइरहेको हुन्छ, यसलाई कुनै पनि इलेक्ट्रोनिक वस्तु माथि नराख्नुहोस्, किनकि यसले फोनमा क्षति हुने सम्भावना बढाउँछ। फोन चार्ज गर्दा, यसबाट तातो निस्कन्छ, जसले अन्य इलेक्ट्रोनिक वस्तुहरूको तापसँग टकराएर क्षति पुर्याउन सक्छ।
फोन रातभर चार्ज गर्न छोडियो भने के हुन्छ
स्मार्टफोनलाई रातभर चार्जमा छाड्नु हुँदैन भन्ने कुरा हामी सबैले सुनेकै कुरा हो, किनकि धेरै चार्जले हाम्रो फोनलाई नोक्सान गर्न सक्छ तर यस्तो केहि हुँदैन किनभने आजकल आउने स्मार्टफोन र चार्जरहरूमा फोन पुर्णरूपमा चार्ज भएपछि ब्याट्री स्वत: कट हुन्छ, जसले फोनको ब्याट्रीलाई कुनै क्षति गर्दैन।
यी उपायहरु पालना गरेर हामीले आफ्नो फोनको ब्याट्रीको हेरचाह गर्न सक्छौं र यसलाई समयभन्दा पहिले नै क्षति हुनबाट रोक्न सक्छौं।