Kath khabar
भारतमा १७०० बढी रेल पुनः चल्दै

काठमाडौं, कार्तिक २७ । भारतमा पुनः एक हजार सात सय भन्दा बढी रेल सञ्चालन हुने भएको छ । रेल मन्त्रालय केहि दिन भित्र मै एक हजार सात सय भन्दा बढी रेल सञ्चानलमा आउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कोभिड १९ को महामारीका कारण सामान्य रेल सञ्चालनमा रोक लगाई स्पेशल रेल चलाइएको थियो , कोरोना नियन्त्रणमा आएको भन्दै रेल सञ्चालन गर्न लागिएको हो ।
रेल भाडादर भने कोभिड अगाडिको लागु गरिने भएको छ । यसअघि स्पेशल भाडादर रहेकोमा अब सञ्चालन हुने रेलमा भने पहिलेको जस्तै सामान्य भाडा दिए हुन्छ । अब यात्रुहरुले रेलको यात्रा गर्नको लागि भने रिर्जभ र बुकिङ टिकट लिनु पर्ने हुन्छ, किनकी सामान्य टिकट प्रणाली टिकट उपलब्ध नहुने भएको छ ।

रेलको यात्रा गर्दा भने यात्रुहरुले कोभिड प्रोटोकल भने अपनाउनु पर्ने हुन्छ । प्रोटोकल अनुसार नभएमा यात्रुलाई कारबाही समेत गरिने भारतीय मिडियाहरुले उल्लेख  गरेका छन् । २०२०, २५ मार्च देखि भारतमा रेल सेवा सञ्चालनमा अस्थायी रुपमा रोक लगाइएको थियो । एक सय ६६ सालमा रेल सेवा रोकेको यो पहिलो घटना हो । एजेन्सी

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update