Kath Khabar
गायक ध्रुबको गायिका अनुलाई रेल चढ्ने प्रस्ताव

काठमाडौ, कात्र्तिक २७ । गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि बजार तताउने अपेक्षा गरिएको छ ।

रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गीतमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उहाँहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्, भनेर सहजै अड्कलबाजी गर्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।
गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुनुहुन्छ । बजारमा आएका काग दाजै, टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर, सिल्की कपाल लगायतका थुप्रै गितहरु उहााँका हिट नंम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उहाँको पछिल्लो गित “रेलै चढी जाउ” गायक बिस्कोले अपेक्षा गरेको गीत समेत हो । गितमा शव्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायीका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिनुभएको छ ।
गीतको भिडियोमा बलराम परियार, सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गर्नुभएको हो । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।
भिडियो लिंक

https://www.youtube.com/watch?v=AaN5MaqlaVE

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update