Kath Khabar
अष्ट्रेलियाको रमणीय स्थानहरुमा छायांकन गरिएको सुनिलको नयाँ गीतमा करण र हिलारी

काठमाडौ, कात्र्तिक २७ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली) को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्राचार्यले गर्नुभएको हो ।

अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ । त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिनुभएको छ । एउटा संगीत प्रेमी गितारिष्टको प्रेम कथालाई निर्देशक सुदिप विष्टले कलात्मक शैलीमा तयार पार्नुभएकोे छ ।
निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन, सम्पादन, कलरिगं गर्नुभएको हो । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।
भिडियो लिंक

https://www.youtube.com/watch?v=LGcW4xPU-9s

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update