अध्यक्ष दाहालको स्वास्थ्यमा समस्या
काठमाडौं, कार्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष दाहालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहनु भएको छ ।
स्वास्थ्यमा अचानक समस्या देखिएसँगै उहाँ महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहनु भएको बताइएको छ ।
अध्यक्ष दाहाल शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जानु हुने कार्यतालिका थियो। अध्यक्ष दाहाल नआउने भए सँगै केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको केन्द्रका एक नेताले जानकारी दिनु भयो ।
यता उहाँ नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु समेत स्थगित भएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८ १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय