Kath khabar
प्रदुषणको मात्र बढे सँगै नयाँ दिल्लीमा लकडाउन गर्न सर्वोच्चको सुझाव

नयाँ दिल्ली, कार्तिक २८ ।  भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।

भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको निकै चर्चा भएको छ ।

हावाको गुणस्तर मापक सूचकाङ्कलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ । तर दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपायको खोजी गर्न तथा अति प्रदूषण भएकाले बालबालिकालाई विद्यालय तथा घरबाहिर निस्कन दिनेबारेमा पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
विज्ञ तथा सरोकारवालाहरुले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा.धिरेन गुप्ताको भनाई छ।
विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए। साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उहाँको भनाई छ ।
नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ। पटाकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाइ छ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्। दिल्लीमात्रै नभई भारतका अरु पनि धेरै सहरहरु अति प्रदूषित सहरमा पर्दछन्। संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन्।

भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन्।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको ज्यान जाने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

(एजेन्सी)

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update