Kath khabar
विश्वकप छनौट : एम्बाप्पेले गरे ४  गोल

काठमाडौं, कार्तिक २८ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा फ्रान्सले आफनो  स्थान पक्का गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा साबिक विजेता फ्रान्सले काजाकिस्तानलाई ८–० गोलले हरायो ।

खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक बन्नु भयो । एम्बाप्पेले ४ गोल गर्नु भयो  ।

खेलको छैटौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको  एम्बाप्पेले १२ औँ र ३२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्नु भयो। त्यसपछि खेलको अन्त्यतिर उहाँले चौथो गोल गर्नु भयो। कुनै पनि प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कुनै पनि खेलाडीले ह्याट्रिक गरेको सन् १९८५ पछि यो पहिलो थियो । त्यतिबेला डोमिनिक रोचेटेउले ह्याट्रिक गरेका थिए ।

खेलमा करिम बेन्जेमाले दुई तथा एडरियन राबियोट र एन्टोनी ग्रिजमानले एक–एक गोल गर्नु भयो । जितसँगै फ्रान्स समूह डीको शीर्ष स्थानमा रहने पक्का भएको छ । एक खेल बाँकी छँदा फिनल्याण्ड ११ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update