Kath khabar
कतार जाने नेपालीलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं, कार्तिक २८ ।  कतारले नेपाललाई कोभिड १९ को जोखिममा राखेको छ । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको जोखिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको हो ।

उच्च जोखिमको सूचीमा परेका देशबाट आउने नागरिकले कम्तीमा एक हप्ता क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ । यो नियम सोमबारदेखि लागू हुने पेनन्सुलामा उल्लेख छ । यो सँगै वैदेशिक रोजगारीको लागि कतार जाने नेपालीलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनको खर्चको विषयमा भने कुनै उल्लेख गरेको छैन , जसले गर्दा कतार जाने नेपालीहरुले क्वारेन्टाइन खर्च कि विषयमा भने अन्यौलता नै रहेको छ ।

कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरसको उच्च जोखिम सूचीभित्र राखेको छ । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडानलाई कतारले कोरोनाको उच्च जोखिमको सूचीमा राखेको कतारी पत्रिका द पेनन्सुलाले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

कतारले विश्वका १ सय ८१ मुलुकहरूलाई कोरोनाको हरियो सूचीमा राखेको छ । यी देशबाट आउने विदेशी नागरिकका हकमा क्वारेन्टाइन लगायतको प्रक्रिया पूरा गर्नु नपर्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update