काठमाडौं, कात्तिक २८। २४ घण्टा भित्र सात लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दे दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एकदिवसीय सेल हुन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ । अभियान सुरु भएको पहिलो घण्टा मै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गत वर्षको पहिलो घण्टाको तुलनामा एक सय ३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ । गतवर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशत भन्दा बढी बिक्री अनलाइनप्रि–पेमेन्ट मार्फत भएको छ ।
११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरू मध्ये, ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्रि सुरु गरेका थिए । यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो । दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केल सेनले भन्नुभयो “हामी आजको नतिजाबाट खुसी छौं । ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्द छ । यतिमात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलाइनबाटै वृद्धि गर्न सक्छन् भनेर पनि चित्रण गर्दछ ।”
पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र एक हजार भन्दा बढी डेलिभरी राइडरहरूसंग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ । सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भन्नुभयो, “हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौं । हाम्रा सबै ग्राहकहरूलाई दराजमाथि असीम विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो ।
अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन् भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौ । हाम्रो लजिस्टिक पूर्वाधारहरूमा गरिएको महत्वपूर्ण लगानीका कारण हामी हाम्रा प्रतिज्ञाहरू पूरा गर्नेछौँ भन्ने कुरामा हामी विश्वस्त छौं । हाम्रो लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो ११.११ रहनुको साथै अहिलेसम्मकै उत्कृष्ट अनुभव पनि रहेको छ ।“
११.११ को भव्य सफलता पछि, आउने दिनहरूमा ग्राहकहरूको लागि ११.११ का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ ।