१० महिनामै ग्रासियाको बर्खास्ती
स्पेन, वैशाख २१ । स्पेनिस लिग ला लिगा क्लब भ्यालेन्सियाले प्रमुख प्रशिक्षक जाभी ग्रासियालाई बर्खास्त गरेको छ ।
क्लबले न्युक्त गरेको मात्र १० महिना उनलाई बर्खास्त गरेको हो । गत आइतबार बार्सिलोनासँग तीन दुइले पराजय ब्येहोरेको भ्यालेन्सिया रेलिगेशन जोनभन्दा मात्र ६ अंकले माथि छ । इंग्लीस क्लब वाटफर्डका पुर्व प्रशिक्षक ग्रासियाले यो सिजन मात्र १० खेल जित्नुभएको छ ।। भ्यालेन्सियाले एक विज्ञप्ती जारी गरि ग्रासियाले क्लबमा गरेको कामको प्रसंसा गर्दै क्लबबाट विदा गरेको बताएको छ । ६ पटकको स्पेनिस च्याम्पियन भ्यालेन्सिया चार खेल बाँकी रहँदा अहिले १४ औँ स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय