काठमाडौं, कार्तिक २९ । इजरायलको रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि परीक्षा दिएर गोलाप्रथाद्वारा अन्तिमपटक छनौट भएका उम्मेद्वारहरुलाई प्रमाणपत्र पेश गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेको हो ।
प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण वैदेशिक रोजगार विभागको इमेल [email protected] मा मंसिर पाँच गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
यस्तै स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरका स्टार र नेपाल मेडिसिटी हस्पिटल र काठमाण्डौका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ ।