Kath khabar
दक्षिण कोरियाको लागि भाषा परीक्षा सञ्चालन हुने, पुस १ गते देखि (सूचना सहित)

काठमाडौं, कार्तिक ३० । कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुसमा हुने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो।

परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ।  भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।

आवेदन अनलाइनबाट दर्ता गर्नुपर्नेछ। आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ।

परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ। राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा परिक्षार्थीले जम्मा गर्नु पर्ने हुन्छ । कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ। कोरिया रोजगारी खुला नहुँदा भाषा पढेर बसेका युवाहरु समस्यामा परेका थिए । कातिर्कदेखि कोरियाले प्रतिवद्ध कामदार लैजान सुरु गरिसकेको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update