Kath khabar
पेट्रोलियम पदार्थको मुल्य बढे सँगै ट्रक यातायात व्यवसायी महासङ्घद्धारा भाडादर समायोजन गर्न माग

काठमाडौं, कार्तिक ३० । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गर्नुभएको हो ।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा एक सय चार रुपैयाँबाट  १५ रुपैयाँ बढाएर एक सय १९ रुपैयाँ पु¥याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update