काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ३ सय रहेको थियो । आज तोलामा ५ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९४ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदीको मूल्य १२ सय ८० रहेकोमा आज १२ सय ९० कायम भइ कारोबार भइरहेको छ ।
यस्तै सोमबार भने सुनचाँदीको मूल्य घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको थियो। सोमबार चाँदीको भाउ आज १२ सय ८० रुपैयाँ रहेको थियो।