Kath khabar
राजधानी काबुलमा अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड

काबुल, कार्तिक ३० ।  तालिबान लडाकुले राजधानी काबुलमा सैन्य परेड गरेका छन्। अमेरिकामा बनेका हातहतियारसहित उनीहरुले सैन्य परेड गरेका हुन्।

तालिबान लडाकुले आफ्नो सैन्य परेडमा रुसी हेलिकप्टरसमेत प्रदर्शन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तालिबानले आफ्ना २५० नयाँ लडाकुलाई प्रशिक्षण दिन सैन्य परेड गरेको बताएको छ। सो परेडमा अमेरिकाद्वारा निर्मित विभिन्न हातहतियार प्रयोग गरिएको अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनयातुल्लाह खवराज्मीले बताउनु भएको छ ।

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा तैनाथ अमेरिकी सेना अगष्टमा फिर्ता भएको थियो। अगष्ट महिनामा अमेरिकी सेनासँगै त्यहाँ खटिएका पश्चिमा मुलुकका सेनाको स्वदेश फिर्तीसँगै सेनाले ठुलो संख्यामा हातहतियार अफगानिस्तानमा छोडेका थिए।  एजेन्सी

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update