Kath khabar
ब्राजिल र अर्जेन्टिनाबीचको खेल गोलरहित

काठमाडौं, मंसिर १ । सन् २०२२ को कतार विश्वकप छनौट खेलमा ब्राजिल र अर्जेन्टिनी टोलीले गोलरहित खेल खेलका छन् ।  नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिना ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको अर्जेन्टिनाले गोल गर्ने केही राम्रा मोका बनाए पनि सफल हुन भने सकेन । अर्जेन्टिनाले तीन तथा ब्राजिलले दुई पटक पोस्टमा प्रहार गरेका थिए ।

यो खेलमा जित निकालेको भए अर्जेन्टिनाले कतार विश्वकपका लागि स्थान बनाउने थियो । अब अरु खेलसम्म पर्खिनु पर्ने भएको छ । ब्राजिलले भने यसअघि नै विश्वकप यात्रा तय गरेको छ ।

अर्जेन्टिनाविरूद्धको खेलमा ब्राजिल नेयमार बिनै मैदानमा उत्रिएको थियो। खुट्टामा चोट बोकेका नेइमार अझै केही समय मैदान बाहिरै रहनेछन्।यो बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ।

अर्जेन्टिना समान १३ खेलबाट २९ अंक भएको छ। समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टाको विश्वकपमा छनोट हुने सम्भावना बलियो छ।

ब्राजिल यसअघिनै विश्वकपमा छनोट भइसके पछि अब यो क्षेत्रबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ। समूहको तेस्रो स्थानमा रहेको इक्वेडरको २० अंक छ भने चौथो स्थानमा रहेको कोलम्बियाको १७ अंक छ। एजेन्सी

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update