Kath khabar
कतारविरुद्धको खेलमा नेपाली महिला टिमको फराकिलो जित

काठमाडौं, मंसिर १ । मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई ११९ रनले पराजित गरको छ । १४७ रनको लक्ष्य पाएको कतारको महिला टिम ११.५ ओभरमा केबल २७ रन बनाएर अलआउट भएको थियो ।

कतारविरुद्ध रुबिना क्षेत्रीले १.५ ओभरमा ३ विकेट लिनु भयो ।

यसअघि कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

१४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेल्नु भयो । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाउनु भयो ।

यस्तै सीता राना मगरले ३९ रन र  सरिता मगरले २१ रन जोड्नु भयो । नेपालकी कप्तान रुविना क्षेत्री भने २ बल खेल्दै शून्य रनमा आउट हुनु भयो ।

यता, टस जितेर बलिङ रोजेको कतारको लागि एन्जिलिनी मारे र सविजा पनायनले समान १ विकेट लिए ।

विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेल्न लागेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update