Kath khabar
बैंकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक


काठमाडौं, मंसिर १। बैंकिङ प्रणालीमा नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा २०७८ मंसिर ७ गतेदेखि २०७९ मंसिर ७ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र राष्ट्र बैकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार यसरी राखिने कुल रकम मध्ये वाणिज्य बैंकहरूको लागि २४ करोड, विकास बैंकहरूको लागि चार करोड ५० लाख र फाइनान्स कम्पनीहरूको लागि एक करोड ५० लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ। यस्तो रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही मंसिर पाँच गते मध्यान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा एन.पी.ए.कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका न्यूनतम सर्तहरू तोकिएका छन ।   


 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update