नेपालमा थप ४१२ जनामा कोभिड १९ को संक्रमण पुष्टि
१ जनाको मृत्यु, २०२ जना संक्रमणमुक्त
काठमाडौँ, मंसिर १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार सय १२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार नौ सय ९३ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ११ हजार चार सय ८३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय दुई जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय