काठमाडौं, वैशाख २१ । नेपाल चेम्वर अफ कर्मशले कर दाखिलाको समयअघि थप गर्न आग्रह गरेको छ । चेम्वर आज मंगलबार बिज्ञप्ती जारी गर्दे म्याद थपको लागि आग्रह गरेको हो ।
विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ । उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन ।
सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ, चेम्वरले भनेको छ ।