Kath khabar
आँधीका कारण क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

काठमाडौं, मंसिर २ । आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री जस्टिन टुरुडोले राहत दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सेना परिचालन गरी पुनर्निर्माणका लागि सहयोग गर्ने समेत बताउनुभएको  छ । गएको ग्रीष्मकालमा ब्रिटिस कोलोम्बियामा ५ सय जनाको ज्यान जाने गरी तापक्रम अहिलेसम्मकै उच्च पुगेको थियो ।
यो वर्ष क्यानडाले दोस्रो पटक प्राकृतिक विपत्तिको सामना गर्नुपरेको हो । प्राकृतिक विपत्तिको अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने विज्ञले बताएका छन् ।

यस्तै क्यानडाको भ्यान्कुवर प्रान्त भयानक आँधीको चपेटामा परेको छ । सय वर्ष यताको सबैभन्दा भयान आँधी आएको भनिएको सो आँधीले सडक तथा रेलमार्गलाई पूर्णरुपमा क्षति पुराएको छ ।एजेन्सी

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update