Kath Khabar
मुटु रोग देखि रक्तचापसम्म नियन्त्रण, जाडोमा मूला खानुका फाइदाहरु

काठमाडौँ, मंसिर २। जाडोमा मूला खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यो स्वादमा उत्कृष्ट मात्र नभएर यसमा पाइने फाइदाजनक तत्वले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यो रक्तचाप र रक्तनलीका लागि पनि फाइदाजनक छ। धेरैजसोले यसलाई सलादसँग खान मन पराउँछन्। जाडोमा दैनिक रुपमा मूला खानाले शरीरलाई यस्ता रोगहरुबाट टाढा राख्दछ :

रोग प्रतिरोधात्मक क्षमता– मूलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले जाडोमा हुने कफ र चिसोबाट बचाउँछ । मूलाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि काम गर्छ । मूलाले शरीरमा हुने जलन कम गर्न र बुढ्यौली रोक्न पनि सहयोगी हुन्छ ।

रक्तचाप नियन्त्रण– मूलाले शरीरमा पोटासियमको आपूर्ति गर्छ, जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ। विशेष गरी यदि तपाई उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने, आफ्नो आहारमा मूला अवश्य समावेश गर्नुहोस्। आयुर्वेदका अनुसार मूलाले रगतमा चिसो प्रभाव पार्छ ।

हृदय रोग– दैनिक मूला खाँदा मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ । मूलामा फोलिक एसिड र फ्लेभोनोइड्स पनि प्रशस्त पाइन्छ। मूलाले रगतमा अक्सिजनको आपूर्ति पनि बढाउँछ ।

फाइबर– मूलामा राम्रो मात्रामा फाइबर पाइन्छ । हरेक दिन सलादको रुपमा मूला खाने मानिसहरुको शरीरमा फाइबरको कमी हुँदैन । फाइबरको कारणले पाचन प्रणाली ठीकसँग काम गर्छ। यसबाहेक मूलाले कलेजोलाई पनि जोगाउँछ।

छाला – छाला चम्किलो पार्न पनि हरेक दिन मूलाको जुस पिउने गर्नुपर्छ । यसमा भिटामिन सी र फस्फोरस पाइन्छ। यसका साथै यसले छालाको सुख्खा र डण्डिफोरबाट पनि छुटकारा मिल्छ। यसलाई कपालमा लगाउनाले डन्डीफोरको समस्या हट्छ र कपाल जरादेखि बलियो हुन्छ ।

पोषक तत्व– रातो मूला भिटामिन ई, ए, सी, बी६ र के प्रचुर मात्रामा पाइन्छ। यसमा एन्टिअक्सिडेन्ट, फाइबर, जिंक, पोटासियम, फस्फोरस, म्याग्नेसियम, क्याल्सियम, आइरन  प्रशस्त मात्रामा पाइन्छ। यी सबै पोषक तत्वहरूले हाम्रो शरीरलाई भित्रबाट स्वस्थ बनाउँछ। मूला पाचन प्रणालीका लागि मात्र राम्रो होइन, यसले एसिडिटी, मोटोपना, ग्यास्ट्रिकको समस्या र वाकवाकी जस्ता समस्याहरू निको पार्न पनि मद्दत गर्छ र हाम्रो रक्तनलीलाई पनि बलियो बनाउँछ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update