Kath khabar
४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चाकी आमा बन्नुभयो प्रीति जिन्टा

काठमाडौं, मंसिर २। बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टा ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चाकी आमा बन्नुभएको छ। उहाँले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो । प्रीतिले आफ्नो जीवनको यो ठूलो खुसीको क्षणलाई सामाजिक सञ्जाल पोस्टमार्फत फ्यानसँग सेयर गर्नुभएको छ ।  

प्रीति जिन्टाले आफ्नो पोस्टमा लेख्नुभएको छ, ‘हामी आफ्नो जीवनको नयाँ चरणलाई लिएर निकै उत्साहित छौं । हाम्रो सुखद यात्राको एक हिस्सा भएकोमा सबै डाक्टरहरू, नर्सहरू र हाम्रा शुभचिन्तकहरूलाई हृदयदेखि धन्यवाद। सबैलाई धेरै धेरै माया।'

पोस्टमा उहाँहरुले आफ्ना दुई सन्तानको नाम पनि फ्यानलाई बताउनुभएको छ। प्रीति र गुडइनफले आफ्ना छोराछोरीको नाम जय र जिया राख्नुभएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update