काठमाडौं, मंसिर २। आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थाहरू मध्ये सबै भन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।
विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरु मध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । पछिल्लो १० वर्षमा छैटौँ पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको नबिल बैकले व्यापार प्रबर्द्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको छ। विभिन्न बैंकिङ गतिविधिहरूको सुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवनयापन र उनीहरूको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पुराइरहेको छ । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशमलव १६ गुणा बढी हो । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।